PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

भैरहवामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, हुस्सुका कारण हुने दुर्घटनालाई कम गर्न अभियान संचालन



पहिलोपोस्ट

भैरहवामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, हुस्सुका कारण हुने दुर्घटनालाई कम गर्न अभियान संचालन
सुनसरीको इनरुवामा सोमबार बिहान लागेको शित लहरसहितको बाक्लो हुस्सु। यस कारण राजमार्गमा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अभियान चलाइरहेका छन्। तस्विर : रासस

काठमाडौं : भैरहवामा ट्रक, बस र कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा दुईजना घाइते भएका छन्।

सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका-५ का २ब१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

आज बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

घाइतेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दुर्घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले संयुक्त रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन्।  जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियान अनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell