PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मधेश प्रदेशमा मन्त्री बन्नेको नाम माओवादीले टुंगो लगायो, सुनिता यादव मन्त्री बन्दा राज्यमन्त्रीमा रहबर अन्सारी



पहिलोपोस्ट

मधेश प्रदेशमा मन्त्री बन्नेको नाम माओवादीले टुंगो लगायो, सुनिता यादव मन्त्री बन्दा राज्यमन्त्रीमा रहबर अन्सारी

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएकाे छ। आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा सहभागी नभएका माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुंगो लगाएको हो।

मधेशमा माओवादीले २ वटा मन्त्रालय मागेको थियो। भागबण्डा नमिलेपछि मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिएको थियो। जसका कारण माओवादीले मन्त्रिमण्डल विस्तार बहिष्कार गरेको थियो। अहिले भने केन्द्रबाट नै सरकारमा सहभागी हुने निर्णय भएको हो।

माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलले मन्त्री टुंगो लगाउन नसक्दा पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्नेको नाम टुंगो लगाएका हुन्।

प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन्। राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय गरेको छ। अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन्। मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम समेत तय गरिएको जनाइएको छ।

गत शुक्रवार ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका थिए। जसमा सुरिता साहले सामाजिक विकास, महेश यादवले शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य, शत्रुध्नप्रसाद सिंहले गृह तथा संचार, मो. जैयद आलमले महिला बालबालिका युवा तथा खेलकुद, सिंगासन सा कलवारले खानेपानी तथा उर्जा र राजकुमार लेखीले कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा शपथ ग्रहण गरेका थिए।

यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा शेष अबुल कलाम आजाद, गृह तथा संचार राज्यमन्त्रीमा केशव राय र भूमी,  वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा संजयकुमार यादवले शपथ ग्रहण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell