PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

अस्थिर राजनीतिका कारण विदेशी चलखेल बढ्नु दुर्भाग्यपूर्ण : कमल थापा



पहिलोपोस्ट

अस्थिर राजनीतिका कारण विदेशी चलखेल बढ्नु दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन्। स्थिरता, समृद्धि र परिवर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनौट गरेका राजनीतिक दलहरुले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलुक थप संकटग्रस्त बनेको उल्लेख गर्दै थापाले सत्ताको फोहरी खेलमा लिप्त भई दलहरुबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएकोसमेत बताए।

आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको उनको जिकिर थियो। काम गरेर बाच्न सकिने अवस्था नभएको, दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै थापाले समस्याको समाधान गर्न भन्दा थप ब्रम्हलुट गर्न राज्यसत्ता अग्रसर भएबाट मुलुक संकटको दलदलमा भासिएको तर्क गरे। स्पष्ट विचार र अलग पहिचानसहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजीबिकाको बिषयलाई जोडदार ढङ्गबाट उठाउन राप्रपा नेपाल चाँडै नै सडकमा आउनेसमेत उनले जानकारी दिए। 

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन उनले नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए। उक्त अवसरमा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला, केशबराज श्रेष्ठ काठमाडौं अध्यक्ष श्याम घिमिरे, महानगर अध्यक्ष दिनेश नापित लगायतले आफ्नो धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell