काठमाडौं: अभिनेत्री नीता ढुंगानाको लगानीमा बन्ने फिल्म ‘ह्रस्वदीर्घ’को छायाङ्कन सुरु भएको छ। भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सोमवार फिल्मको सुटिङ सुरु गरिएको हो।
नीताले फेसबुकमा एक भिडियो राख्दै फिल्मको सुटिङ छायाङ्कनबारे जानकारी दिएकी हुन।
चन्द्र पन्तको निर्देशन रहने यो फिल्मलाई भारतसहित नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ। यस फिल्मलाई बलिउड सिनेमेटोग्राफर कविर लालले खिचिरहेका छन्।
नीतासहित फिल्ममा हरिहर अधिकारी, सरोज खनाल, विपना थापा, आदर्श मिश्र लगायतको कलाकारहरुको अभिनय छ। त्यसैगरि, फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत,अलीको पनि भूमिका छ।