PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

'रामकथा प्रवचन' रोक्न माग गर्दै लुम्बिनीमा प्रदर्शन



पहिलोपोस्ट

'रामकथा प्रवचन' रोक्न माग गर्दै लुम्बिनीमा प्रदर्शन

बुटवल : लुम्बिनीमा भारतका आध्यात्मिक गुरु मोरारी बापूबाट प्रवचन हुने ‘रामकथा प्रवचन’ कार्यक्रमको विरोधमा प्रदर्शन भएको छ। मंगलबारदेखि सुरु हुने ‘रामकथा प्रवचन’ का लागि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहल प्रयोग गर्न अनुमति दिइएको भन्दै सोमवार संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले विरोध प्रदर्शन गरेका हुन्। उनिहरुले लुम्बिनीमा गैर बौद्ध धार्मिक क्रियाकलाप नगर्नसमेत आग्रह गरेका छन्।

संघर्ष समितिले लुम्बिनीको पर्सा चोकमा प्रदर्शन गरिरहेका छन्। भने, धार्मिक तथा सांस्कृतिक हस्तक्षेप बन्द गर्न माग गर्दै लुम्बिनी विकास कोषमा पुगेर उपाध्यक्ष भिक्षु मैत्ययको राजीनामा मागेका छन्।

रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले प्रदर्शन भएपछि प्रहरी परिचालन गरिएको जानकारी दिए। यता लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्ने सम्बन्ध सबैलाई अपिल गरेको छ। लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा प्रवचन हुने कार्यक्रमको लागि हल प्रयोग गर्न अनुमति दिइएको विषयलाई लिएर सरोकारवाला संघ संस्थाहरुले चासो, चिन्ता र प्रश्नहरु उठाएर विज्ञप्ती, ध्यानाकर्षण र विरोध जनाएपछि कोषले सद्भाव कायम राख्न अपिल गरेको हो।

कथा वाचन कार्यक्रममा नेपालसहित विश्वका विभिन्न देशबाट २ हजारभन्दा बढी अनुयायी सहभागी हुने बताइको छ। कार्यक्रम माघ २९ गतेसम्म हुने आयोजक रामकथा प्रेम यज्ञ समितिले जनाएको छ।

यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो। नेपालमा पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो। यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell