PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

चितवन २ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नुपर्छ : कोइराला



पहिलोपोस्ट

चितवन २ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नुपर्छ : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चितवन २ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नुपर्ने बताएका छन्। कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त भनाई राखेका हुन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै उनको सांसद पद गएको थियो। यो सँगै यो क्षेत्रको सांसद पद रिक्त रहेको छ।

नेता कोइरालाले संचार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुनेसमेत बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयको धज्जी उडाउने खालको टिप्पणी गरेको र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संचार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने, 'स्वतन्त्र न्यायपालिका र संचार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्विकार्य हुँदैन।'

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell