PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

समितिको सभापतिमा भागबन्डा नमिलेपछि वाग्मती प्रदेशसभा बैठक स्थगित



पहिलोपोस्ट

समितिको सभापतिमा भागबन्डा नमिलेपछि वाग्मती प्रदेशसभा बैठक स्थगित

हेटौंडा : आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। दलहरूबिच प्रदेशसभा समितिको सभापतिमा भागबन्दा नमिलेपछि सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बस्दै नबसि स्थगित भएको हो।

प्रदेशसभा सचिवालयका अनुसार अब अर्को बैठक माघ २६ गते बस्ने छ। सो बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रदेशमा ५ वटा समिति रहेकोमा कांग्रेसले दुई, एमालेले दुई, माओवादीले एक समितिमा दाबी गरेको छ। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी र नेपाल मजदूर किसान पार्टीले पनि समितिमा भाग खोजपछि प्रदेशसभा बैठक बस्न नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell