PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

यतीको जहाज दुर्घटनाः छानबिन आयोगको प्रारम्भिक विश्लेषण, ‘दुबै इन्जिनका प्रोपेलर फेदरमा’



पहिलोपोस्ट

यतीको जहाज दुर्घटनाः छानबिन आयोगको प्रारम्भिक विश्लेषण, ‘दुबै इन्जिनका प्रोपेलर फेदरमा’

काठमाडौंः माघ १ गते पोखरामा भएको यती एयलाइन्स विमान दुर्घटनाको जाँचबुझ आयोगले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। जाँचबुझ आयोगले विज्ञप्ति जारी गर्दै हालसम्मको सूचना र तथ्याङ्क विश्लेषणका आधारमा प्रतिवेदन तयार पारेको हो। तर दुर्घटना प्राविधिक वा मानवीय कारणबारे आयोग निष्कर्षमा पुगेको छैन। जहाजको दुबै इन्जिनका प्रोपेलर फेदरमा जानुलाई दुर्घटनाको प्रारम्भिक कारण आयोगले दिएको छ। उक्त अवस्था प्राविधिक वा मानवीय कारणले भन्ने अध्ययन भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ। 

सदस्य सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त नाइन एन–एएनसी जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ।’

दुबै इन्जि प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षबारे पनि थव अध्ययन गरिरहेको विज्ञप्तिमा जनाइएको छ।

छानबिन आयोग गठनपछि सिंगापुरबाट ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेशन व्यूरोबाट जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण सकिएको पनि आयोगले जनाएको छ। उक्त डाटा विश्लेषणका लागि आयोगका संयोजक, हवाइ विज्ञसहितको टोली सिंगापुर गएको थियो।

यतीको विमान दुर्घटना हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो। दुर्घटनापछि सरकारका पुर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा पाँच सदस्य जाँचबुझ आयोग गठन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell