PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, कुनमा कति पुग्यो? 



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, कुनमा कति पुग्यो? 

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले भाउ बढाएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा भने समायोजन भएको थिएन। 

निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। साविकको मूल्यमा सबैमा ३ रुपैयाँ मूल्य बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टीतेल १७५ रुपैयाँ पुगेको छ। 
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell