PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

गण्डकी प्रदेशसभाको बैठक बस्दै, ‘विनियोजन ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने



रासस

गण्डकी प्रदेशसभाको बैठक बस्दै, ‘विनियोजन ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने

पोखरा : गण्डकी प्रदेशसभाको बैठक मंगलवार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए।

गत शुक्रवारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन्। मंगलवारकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो। बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell