PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ऋषभले घोषणा गरे कान्ताराको 'प्रिक्वेल'



पहिलोपोस्ट

ऋषभले घोषणा गरे कान्ताराको 'प्रिक्वेल'

ऋषभ शेट्टी निर्देशित दक्षिण भारतीय फिल्म ‘कन्तारा’ बक्सअफिसमा सफल फिल्म हो। ऋषभकै मुख्य भूमिका रहेको फिल्मले विश्वभर ४५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो।

‘कान्तारा’ को सफलतासँगै निर्माण पक्षले फिल्मको अर्को भाग निर्माण गर्ने घोषणा गरेको छ। हालै कान्ताराले रिलिजको १०० औं दिन मनाइएको थियो। सोही अवसरमा निर्देशक तथा लेखक ऋषभले कान्ताराको 'प्रिक्वेल' बनाउने घोषणा गरेका हुन्।

‘कान्तारालाई अथाह माया र साथ दिनुहुने दर्शकप्रति आभारी छु। यस फिल्मले सफलतापुर्वक १०० दिन पूरा गरेको छ,' उनले भने, ‘म यो सफलतासँगै कान्ताराको प्रिक्वेल घोषणा गर्छु। खासमा तपाईले हेर्नुभएको कान्तारा भाग २ हो। भाग १ अर्को वर्ष रिलिज हुनेछ।’

साथै उनले हाल कान्ताराको प्रिक्वेलबारेमा अनुसन्धान चलिरहेको समेत बताए। ‘कान्ताराको छायांकन गर्दा मेरो दिमागमा प्रिक्वेल बनाउने आइडिया आएको हो। किनभने कान्ताराको इतिहासमा धेरै गहिराई छ। अहिले हामी अनुसन्धान गरिरहेका छौं’ सेट्टीले भने।

होम्बले फिल्म्स ब्यानरमा बन्ने कान्ताराको प्रिक्वेललाई विजय किरागन्दुर र चालुवे गौडाले निर्माण गर्नेछन्। यस फिल्ममा पनि ऋषभ शेट्टी मुख्य भूमिकामा देखिनेछन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell