PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

उर्मिला अर्यालले लिइन् राष्ट्रियसभा उपाध्यक्षको सपथ



पहिलोपोस्ट

उर्मिला अर्यालले लिइन् राष्ट्रियसभा उपाध्यक्षको सपथ

काठमाडौं : नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका रुपमा सपथग्रहण गरेकी छिन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अर्यालले सपथ लिएकी हुन्। अर्याललाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथ गराएका हुन्। 

अर्याल उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन्। अर्यालले आइतवार मनोनयद दर्ता गराएकी थिइन्। अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा रहेका थिए। राष्ट्रियसभाको उपाध्यक्षका अरु कसैले पनि उम्मेदवारी नदिएपछि आज उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell