बंगलादेशमा पछिल्लो समय मन्दिरहरुमा तोडफोडको घटना बढ्दै गइरहेको छ। बीबीसी हिन्दीका अनुसार एकैरात ठाकुरगाउँ जिल्लाको बालियाडंगी उपजिल्लाको सडक किनारमा रहेका १२ मन्दिरमा तोडफोड भएको छ।
मन्दिरमा रहेका १४ मूर्ति तोडफोड भएको बताइएको छ। बंगलादेश प्रहरीले यो घटनाबारे छानबिन गर्न सुरु गरेको छ।
पछिल्लोपटक फेब्रुअरी ४ मा मन्दिरमा तोडफोड भएको प्रहरीले जनाएको छ। ६ किलोमिटर लामो सडकको किनारमा बनेको ससाना मन्दिरहरु तोडफोड भएको हो। मूर्तिहरु रातको समयमा तोडफोड भएको प्रहरीले जनाएको छ। यो क्षेत्रमा पहिलोपटक यस्तो घटना भएको स्थानीयले बताएका छन्।
यसअघि बंगलादेशमा इस्कन मन्दिर र दुर्गा मन्दिरमा तोडफोड भएको घटना सार्वजनिक भएको थियो।