PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंमा सामन्था पावर : स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने



पहिलोपोस्ट

काठमाडौंमा सामन्था पावर : स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने
अमेरिकी राजदूत डिन थम्पसनसँगै सामन्था पावर

काठमाडौं : आज नेपाल आएकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) की प्रशासक समान्था पावरले स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने भएकी छिन्।

पावर आज बिहान काठमाडौं आएकी हुन्। त्यसपछि उनले भक्तपुरको एक विद्यालयमा गएर विद्यार्थीहरुसाग केही समय बिताएकी थिइन्। त्यसपछि उनले काठमाडौंमा रहेका केही सामाजिक अभियन्तासँग पनि छलफल गरेकी थिइन्।

दुई दिने नेपाल भ्रमणका लागि आएकी उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ। लोकतान्त्रिक र समृद्ध नेपाल बनाउन उनले सहयोग गर्ने र त्यसका लागि स्थानीय समुदायहरूसँग कसरी साझेदारी गर्छ भन्ने नजिकबाट हेर्ने बताइएको छ।

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसएआइडीको प्रतिबद्धतालाई उजागर गर्ने अमेरिकी दूतावसले जनाएको छ। उनले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्ने बताइएको छ।

साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख छ।

नेपालको विकासमा युएसएआइडीले निर्वाह गरेकोे भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ। नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत ६ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएआइडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्व हुने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell