PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजमा ल्याउनेबारे अध्ययन गर्न समिति गठन



पहिलोपोस्ट

वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजमा ल्याउनेबारे अध्ययन गर्न समिति गठन

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशमा बोलिने दुई राष्ट्रिय भाषा नेपाल भाषा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया सुरु गरेको छ। प्रदेश सरकारले ‍यी दुई भाषालाई सरकारी कामकाजमा ल्याउन अध्ययन गर्नेबारे समिति बनाएको हो। प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले समिति बनाउने निर्णय गरेको हो।

समितिमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ र वन तथा वाताबरण मन्त्री राजु विष्ट रहेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

राजेन्द्र पाण्डे नेतृत्वको सरकारले नेपालभाषा र तामाङ भाषालाई प्रदेशमा कामकाजको भाषा बनाउने निर्णय गरेको थियो।

यस्तै, वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा ललितपुरका होमनाथ चालिसे नियुक्त भएका छन्। मन्त्रिपरिषद बैठकले ललितपुर वडा नम्बर २३ हात्तिवनका चालिसेलाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता थपलियाले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद बैठकले प्रदेशबाट एकृकीत सेवा प्रदान गर्ने विषयमा अध्ययन गर्न प्रदेशका प्रमुख सचिवको नेतृत्वमा समिति बनाउने निर्णय पनि गरेको छ। यस्तै खर्च कटौतीका विषयमा प्राप्त प्रतिवेदन अध्ययन पश्चात लागू गरिने थपलियाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell