PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

परराष्ट्रमन्त्री पौडेल र सामन्था पावरबिच भेटवार्ता



पहिलोपोस्ट

परराष्ट्रमन्त्री पौडेल र सामन्था पावरबिच भेटवार्ता

काठमाडौं : परराष्ट्र मन्त्री विमला राई पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावरबिच शिष्टाचार भेटवार्ता भएको छ।

आज नेपाल आइपुगेकी पावरले परराष्ट्र मन्त्रालय पुगेर पौड्यालसँग भेट गरेकी हुन्। त्यसक्रममा अमेरिकाले सहयोग गर्दै आएको क्षेत्रबारे कुराकानी भएको थियो।

पावरले नेपालमा स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने भएकी छिन्। दुई दिने नेपाल भ्रमणका लागि आएकी उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ। उनको भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता घोषणा हुन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell