PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

कलाकार पदमप्रसाद पौडेलको निधन



पहिलोपोस्ट

कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाडौं: कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ। पौडेलको ९२ वर्षको उमेरमा बुढानीलकण्ठ चपलीस्थित घरमा दिउँसो साढे तीन बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए।

पौडेल लामो समयदेखि दम रोगबाट पीडित रहेको समेत उनले बताए। ‘उहाँ लामो समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो। अस्पतालबाट नसक्ने भन्दै पठाएपछि उहाँ १०/१५ दिनदेखि घरमै हुनुहुन्थ्यो। केही दिन अघि नीर शाह र म भेट्न गएका थियौ,’ उनले भने।

आज साँझ नै पशुपति आर्यघाटमा पौडेलको अन्येष्टि गरिने समेत उनले सुनाए। उनका अनुसार पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गरिनेछ।

पौडेलले पछिल्लो पटक रिलिज भएको ‘ऐना झ्यालको पुतली’ सहित आमा,रिसानी माफ, उपद्रो, नालापानी, आधा बाटोसहित थुप्रै फिल्ममा अभिनय गरेका थिए। टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरेका उनी चलचित्र कलाकार संघका आजीवन ज्येष्ठ सदस्य समेत थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell