PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

पुराना पार्टीप्रति जनताको वितृष्णा छः डा. राउत



पहिलोपोस्ट

पुराना पार्टीप्रति जनताको वितृष्णा छः डा. राउत

वीरगंजः जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अहिले देशभरिको जनताको आँखा जनमत पार्टीमा रहेको दाबी गरेका छन्। वीरगंजमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा डा राउतले जनमत पार्टीले संसद्मा गरेको प्रस्तुतिलाई हिमाल, पहाडमा बसोबास गर्ने जनताले पनि मन पराउन थालेको दाबी गरे।

उनले अहिले पुरान पार्टीप्रति जनतामा वितृष्णा रहेको चर्चा समेत गरे। संसदमा जनमतसँगै अन्य नयाँ पार्टीहरूको उपस्थिति भए पनि आफूहरुको छुट्टै पहिचान रहेको उनले बताए।

पार्टी संघीय सरकार र मधेस प्रदेश तथा लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको भन्दै पहिलोचोटी चुनाव लडेकोमा यसलाई ठूलो उपलब्धि मान्नुपर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell