काठमाडौंःदुई दिने नेपाल भ्रमणमा आएकी युएसएआइडी प्रमुख सामन्था पावरले नेपाललाई ५८.५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेकी छिन्। मंगलबार नेपाल आइपुगेकी पावरले पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा नेपालको प्रजातान्त्रिक प्रक्रियाको विकासको लागि सो रकम उपलब्ध गराउने घोषणा गरेकी हुन्।
नेपालको लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण गर्नका लागि पनि यो सहयोग रकम घोषणा गरिएको हो।
भ्रमणका क्रममा मंगलबार काठमाडौं आएकी पावरले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग शिष्टाचार भेट गरेकी थिइन्।
यस्तै काठमाडौं ओर्लिएपछि उनले भक्तपुरमा युएसएआइडीकै सहयोगमा निर्माण भएको विद्यालय पुगेर विद्यार्थीसँग कुराकानी गरेकी थिइन् र भलिबल समेत खेलकी थिइन्।