PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

२०२३ मा विश्वभर सबैभन्दा धेरै कमाउने सूचीको पाँचौँ नम्बरमा आयो ‘पठान’, दुई सातामा कति कमायो?



पहिलोपोस्ट

२०२३ मा विश्वभर सबैभन्दा धेरै कमाउने सूचीको पाँचौँ नम्बरमा आयो ‘पठान’, दुई सातामा कति कमायो?

शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ले दुई सातामा विश्वभरबाट ८५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमका लागि पनि ‘पठान’ करियरकै सबैभन्दा धेरै कमाउने फिल्म हो

प्रदर्शनको पहिलो दिन देखिनै तीव्र व्यापार गरिरहेको ‘पठान’ले भारतीय बक्सअफिसमा हालसम्म ४४६ करोड भारु कलेक्सन गरेको छ। कलाकारहरुका लागि मात्रै नभएरर ‘पठान’ यशराज फिल्म्सको सबैभन्दा धेरै कमाउने फिल्म हो।

भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्ने बाटोमा छ पठान। ‘बाहुबली २’ को हिन्दी भर्सनले भारतमा मात्रै ५१० करोड भारु कलेक्सनका साथ धेरै कमाउने रेकर्ड कायम गरेको थियो।

घरेलु बजारमा मात्रै होइन पठानले अन्तर्राष्ट्रिय बजारमा पनि कब्जा जमाइरहेको छ। इन्डस्ट्री ट्र्याकर स्याक्निल्कले ‘पठान’ अब विश्वभर २०२३ को सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा पाँचौं नम्बरमा आएको सार्वजनिक गरेको छ। 

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’पछि यो शाहरूखको कमब्याक फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell