PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अन्तर्राष्ट्रिय बजारमा गिरावट आउँदा नेपालमा बढ्यो सुनको मूल्य



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय बजारमा गिरावट आउँदा नेपालमा बढ्यो सुनको मूल्य

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्यमा गिरावट आए पनि नेपाली बजारमा उल्टै बढेको छ। बुधवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको दोस्रो र तेस्रो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतवार १ लाख ४ हजार १ सय रुपैयाँ तोला थियो।

यो साताको सुरुवातका तुलनामा सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढिसकेको छ। गत महिनादेखि तोलाको एक लाखभन्दा माथि उक्लिएको सुनको मूल्यमा उल्लेख्य घटबढ नहुँदा बजार कारोबार पनि मन्दी छ।

अन्तर्राष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔंस १८७२.३६ डलरमा कारोबार भइरहेको छ। गत आइतवार १८६५. ९४ रहेको सुनको कारोबार मूल्य सोमवार १८७७.४६ डलर पुगेको थियो। सामान्य गिरावटपछि मंगलवार १८७५.२२ डलरमा कारोबार भएको थियो। बुधवार त्यसमा पुनः गिरावट देखिएको छ।

नेपाली बजारमा बुधवार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँ छ। साताको प्रारम्भदेखि लगातार तीन दिन तोलाको १३ सय २० रुपैयाँमा स्थिर रहेर बुधवार ५ रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस २२.१९ डलरले कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलवार प्रतिऔंस २२.४१ डलर थियो। साताको पहिलो दिन २२.३५ डलर रहेको कारोबार मूल्य क्रमिक घटबढ देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell