काठमाडौं : अभिनेत्री तथा नेकपा (एमाले)की नेतृ करिश्मा मानन्धरले प्रहरीकोमा पुगेर उजुरी दर्ता गरेकी छिन्।
आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि डिल्लीराम खनाल नाम गरेका व्यक्तिविरुद्ध उनले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन्।
ति पुरुषले युट्युबरसँगको अन्तर्वातामा आफ्नो चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएकोले प्रहरीमा उजुरी दिएको फेसबुकमार्फत करिश्माले जानकारी दिएकी हुन्।
‘उहाँ को हो? यो अति भयो। कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ। हिजो साइबर ब्युरोमा निवेदन हालेको छु,’ करिश्माले भनिन्।
उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।