PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

विराट गोल्डकपको तयारी तीब्र, ८ टोलीले सहभागिता जनाउने



पहिलोपोस्ट

विराट गोल्डकपको तयारी तीब्र, ८ टोलीले सहभागिता जनाउने

काठमाडौँ: विराट गोल्डकप आयोजनाका लागि आयोजक विराट गोल्डकप ट्रष्टले आफ्नो तयारीलाई तीब्रता दिएको जनाएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता त्यहीँको शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुने छ।

रातमा फर्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका कार्यकारी निर्देशक सुवाशीश कोइरालाले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि टिकट विक्रीसम्मका योजनाहरु बनाएर अघि बढेको बताइएको छ। प्रतियोगिताका लागि अहिले विराटनगरको शहिद रंगशाला मर्मतको काम भइरहेको र त्यहाँ दिनहु पानी हाल्ने र लेभलिङ गर्नुका साथै प्यारापिटमा पनि काम भइरहेको आयोजकले जनाएको छ।

घरेलु टोलीको रुपमा प्रतियोगितामा विराटनगर सिटी एफसीले सहभागिता जनाउने छ। विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो। यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन्। कम्तिमा २ वटा विदेशी टिमलाई पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताए।

पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषे ढुंगा सावित गर्ने उद्देश्यले सवै तयारी अगाडि बढाइएको लम्सालले बताए। सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो। एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरुको क्यालेन्डर सार्वजनिक गरिसकेको छ। सोही अनुरुप गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने छ। नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell