PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : ३०४ जनाले गरे मतदान



पहिलोपोस्ट

लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : ३०४ जनाले गरे मतदान

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि भएको उपनिर्वाचनको मतदान सकिएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधवार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो। निर्धारित अवधिमा प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्।

राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशसभाका सबै ८७ जना सांसदले मतदान गरेका छन्। स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह भारत गएकाले मतदानमा सहभागी भइनन्।

नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधवार उपनिर्वाचन भएको हो। राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसका माधव प्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्।

कर्मचारी मिलन केन्द्रको हलमा मतगणना सुरु हुने सूचना अधिकारी कुँवरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell