PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : एमालेका कुमार दसौँदी विजयी



रमेश पराजुली

लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : एमालेका कुमार दसौँदी विजयी

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले)का कुमार दसौँदी निर्वाचित भएका छन्। बुधवार भएको उपनिर्वाचनमा दसौँदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन्।

उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। प्रदेशसभातर्फ तीन मत बदर भएको छ।

राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशसभाका सबै ८७ जना सांसदले मतदान गरेका छन्। स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिए। रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह भारत गएकाले मतदानमा सहभागी भइनन्।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधवार उपनिर्वाचन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell