PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

लुम्बिनीका मुख्यमन्त्री गिरीको प्रमुख सल्लाहकारमा दधिराम न्यौपाने नियुक्त



पहिलोपोस्ट

लुम्बिनीका मुख्यमन्त्री गिरीको प्रमुख सल्लाहकारमा दधिराम न्यौपाने नियुक्त

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने नियुक्त भएका छन्।

मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपानेलाई नियुक्त गरेको मुख्यमन्त्री सचिवालय सदस्य अमृत गिरीले जानकारी दिए। रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ निवासी न्यौपाने नेकपा (एमाले)को दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

२०७४ को प्रदेशसभामा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका न्यौपानेले नेकपा विभाजन भएपछि एमाले रोजेका थिए। एमाले रोजेका कारण उनले प्रदेशसभा सदस्य पद गुमाउनु परेको थियो।

एमालेको प्रमुख सचेतकमा चौधरी, सचेतकमा शर्मा

लुम्बिनी प्रदेशमा एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको छ। प्रमुख सचेतकमा तुलसी चौधरी चयन भएका छन्। उनी रुपन्देहीको क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद हुन्।

त्यसैगरी, सचेतकमा रेखा शर्मा चयन भएकी छन्। उनी दाङबाट समानुपातिकमा सांसद बनेकी हुन्। एमाले संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell