PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

ऋण तिर्नको लागि अपहरणको नाटक, ६ जना पक्राउ



पहिलोपोस्ट

ऋण तिर्नको लागि अपहरणको नाटक, ६ जना पक्राउ

काठमाडौंः अपहरणको नाटक गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिकाका ४७ वर्षीय बिदुर बस्नेत,चितवनका ३३ वर्षीय दिलिप विक, सर्लाहीका ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान,५३ वर्षीय कान्छामान जिम्वा र धादिङका ४४ वर्षीय आशामान लामा रहेका छन्।

उनीहरुले आफन्तलाई अपरहण परेको भन्दै रकम मागेका थिए। तीन लाख रुपैयाँ मागेपछि आफन्तहरु प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ पुरानो नैकाप स्थित कंकाली पिस ब्याम्बो रिसोर्टमा बसेर उनीहरुले अपहरणको नाटक गरेको एसपी सोमेन्द्र राठौंरले जानकारी दिए।

साथीसँग लिएको ऋण तिर्नको लागि अपहरणको नाटक गरेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell