PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

रियल मड्रिड क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग भिड्ने



पहिलोपोस्ट

रियल मड्रिड क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग भिड्ने
Photo: FIFA

क्लब विश्वकप अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल खेलमा इजिप्टको क्लब अल अह्लीलाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। मोरोक्कोस्थित प्रिन्स मौली अबडेल्ला स्टेडियममा सम्पन्न खेलमा युरोपियन टोली मड्रिडले अफ्रिकी टोलीलाई ४-१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा मड्रिडले अग्रता बनाएको थियो। त्यस्तै ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ अल अह्लीका लागि ६५ औं मिनेटमा अली मलउलले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गोल फर्काए। इन्ज्युरी समयमा मड्रिडका रोड्रिगो र सर्जियो एरिबासले गोल गर्दै टोलीलाई ४-१ गोलको फराकिलो जित दिलाउन सफल भए। त्यसअघि पेनाल्टीमा पाएको अवसरमा मड्रिडका लुका मोड्रिच चुकेका थिए।

रियल मड्रिडले फाइनलमा शनिवार राति एसियन क्लब अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell