PahiloPost

Nov 17, 2025 | २ मंसिर २०८२

बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे पर्यटन मन्त्री किराती



पहिलोपोस्ट

बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे पर्यटन मन्त्री किराती

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। आज बिहान ५:३० बजे त्रिभुवन विमानस्थलको अनुगमनमा पुगेका किरातीले एयरपोर्टलाई सुन्दर बनाउन खटिएका मजदुरहरुलाई धन्यवाद व्यक्त गरेका छन्।

उनले विमानस्थलमा आंशिक सुधार भइरहेको भन्दै पूर्ण सुधार हुने आशा रहेको बताएका छन्।

'एयरपोर्टमात्र होइन एकदिन यो देश नै सफा हुनेछ,' उनले सामाजिक संजालमा लेखेका छन्।

मन्त्री भए लगत्तै पनि उनी विमानस्थलको निरीक्षणमा पुगेका थिए। त्यसबेला पनि उनले विमानस्थलको ब्युटिफिकेसनमा काम गर्न निर्देशन दिएका थिए। साथै, शौचालयको सरसफाईमा पनि ध्यान दिन भनेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell