PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

हेल्मेटभित्र लुकाएर दुई युवकले भारतबाट यसरी नेपाल भित्र्याएका थिए रकम…



पहिलोपोस्ट

हेल्मेटभित्र लुकाएर दुई युवकले भारतबाट यसरी नेपाल भित्र्याएका थिए रकम…

काठमाडौं : दुई युवकले स्रोत नखुलेको पैसा लिएर आउँदैछन् भन्ने सूचना प्रहरीलाई आयो। वीरगंज भन्सारमा सशस्त्र प्रहरी पर्साको १३ नम्बर गण खटिएको थियो।

नभन्दै बुधवार बिहान साढे ९ बजे दुई युवक मोटरसाइकलमा आए। प्रहरीले चेक गर्‍यो तर सजिलै सूचना आएको जस्तो नगद फेला पार्न सकेन।

त्यसपछि उनीहरुले लगाएको हेलमेट चेक गरियो। नभन्दै हेल्मेटभित्र रकम फेला पर्‍यो। फल्स वटम बनाएर उनीहरुले पैसा ल्याएका थिए। स्रोत नखुलेको १८ लाखसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन्। उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।

वीरगंज भन्सारको मुख्यद्वारमा नियमित जाँच गरिरहेको अवस्थामा प्रहरीले रक्सौलबाट वीरगंज प्रवेश गर्ने क्रममा बीआर ०५ एटी ५९६७ र बीआर ०५ एभी ६८७१ नम्बरको मोटरसाइकलमा दुवै जनाले हेल्मेटमा लुकाएर ल्याउने क्रममा प्रहरीको सो रकम फेला पारेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा पनि फल्सवटम बनाएर रकम ल्याइएको भेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell