PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

साफ यू २० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै



पहिलोपोस्ट

साफ यू २० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
Photo: SAFF

काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन्। बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

राउण्ड रोबिनको आधारमा भएको खेलमा बंगलादेश विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेका हुन्।

फाइनल प्रवेश गर्ने क्रममा बंगलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउँदा भारतसँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै भुटानलाई ५-० गोलअन्तरले हराएको थियो। अ

र्कोतर्फ बंगलादेशसँग ३-१ गोलको पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले र तेस्रो खेलमा भारतलाई ३-१ गोलअन्तरले हराएको थियो।

नेपाली टोलीका प्रशिक्षक याम गुरुङले आफ्नो टोली आत्मविश्वासी भएको बताएका छन्।

'आयोजक टोलीलाई समर्थकको 'एडभान्टेज' हुनेछ। तर, हामी राम्रो प्रदर्शन गर्नेमा आत्मविश्वासी छौं,' उनले भने।

अर्कोतर्फ बंगलादेशी प्रशिक्षक गोलाम रब्बानीले प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेको बताए।

'नेपाल बलियो टोली छ। उनीहरुले भारतलाई हराएर फाइनलको यात्र तय गरेका छन्। हामीले पनि राम्रो प्रदर्शन गरेर आएका छौँ। फाइनल खेल प्रतिस्पर्धात्मक र 'एक्साइटिङ' खेल हुनेछ।' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell