PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मोटरसाइकलको कर फागुनमसान्त भित्र बुझाएमा ५ वर्षसम्मको जरिवाना छुट



पहिलोपोस्ट

मोटरसाइकलको कर फागुनमसान्त भित्र बुझाएमा ५ वर्षसम्मको जरिवाना छुट

काठमाडौं : मोटरसाइकलको कर फागुन मसान्त भित्र बुझाएमा ५ वर्षको जरिवाना छुट हुने भएको छ। बिहीबार एक सुचना प्रकाशित गरि यातायात व्यवस्था कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो।

विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुनेछ।

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ। प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लागतकट्टा गर्न विभागले आग्रह गरेको छ।

सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वयसमेत गरिएको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell