PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

मोदीले गरे 'पठान'को प्रशंसा, 'कश्मीरका थिएटरहरु दशकौंपछि हाउसफुल'



पहिलोपोस्ट

मोदीले गरे 'पठान'को प्रशंसा, 'कश्मीरका थिएटरहरु दशकौंपछि हाउसफुल'
Photo : PTI

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित बलिउड फिल्म ‘पठान’ ले विश्वभरि आक्रामक कमाई गरिरहेको छ। शाहरुखको ‘पठान’ को सफलतासँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसा गरेका छन।

बुधवार संसदमा मोदीले कश्मीरको ठूलो शहर श्रीनगरका थिएटर हाउसफुल चलिरहेको प्रतिक्रिया दिएका थिए। संसदमा सम्बोधन गर्दै मोदीले भने, ‘श्रीनगरका थिएटरहरु दशकौंपछि हाउसफुल चलिरहेका छन्।’

मोदीको सम्बोधनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। संसदमा मोदीले ‘पठान’ को बारेमा बयान गरेपछि शाहरुख फ्यानहरु खुसी जताउन थालेका छन्।

पठानको रिलिजसँगै भारतमा कोरोना महामारीले बन्द भएका २५ सिंगल स्क्रिन थिएटरहरु पुन:सञ्चालनमा आएका थिए।  

रिलिजअघि सत्तारुढ भाजपा नेता र हिन्दूवादी संगठनले पठान बहिष्कारको माग गरेका थिए। तर, प्रधानमन्त्री मोदीले आफ्ना दलका नेताहरुलाई फिल्म बहिष्कारलाई समर्थन नगर्न र पठानलाई रिलिज गर्न दिन निर्देशन दिएका थिए।

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’पछि यो शाहरूखको कमब्याक फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell