PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

बोर्डको सल्लाहकार संयोजकबाट नीर शाहले दिए राजीनामा



पहिलोपोस्ट

बोर्डको सल्लाहकार संयोजकबाट नीर शाहले दिए राजीनामा

काठमाडौं : कलाकार नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन्। आफूसहित बोर्ड सदस्य सुशान्तकुमार श्रेष्ठले बिहीवार राजीनामा दिएको शाहले जानकारी दिए।

बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए। तर, बोर्डका विवादस्पद कार्यप्रति चित्त नबुझेको बताउँदै शाहले राजीनामा दिएको बताए।

‘मलाई सल्लाहकारमा केशव भट्टराई अध्यक्ष हुँदा राख्नुभएको हो। पछि बोर्डका अध्यक्ष परिवर्तन भएता पनि निरन्तर दिँदै आएको थिए। हामीले सल्लाह र सुझाव दिनुपर्ने सोचेका थियौँ। तर, अहिले हाम्रो बोर्डमा भूमिका स्पष्ट हुन सकेन। समितिमा भएर पनि निष्क्रियजस्तै भएपछि राजीनामा दिएको हुँ। त्यसमाथि म व्यस्त पनि छु,’ उनले भने।

केही दिनअघि बोर्डका सल्लाहकार समिति सदस्य रवीन्द्र खड्काले पनि बोर्डका गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा  घोषणा गरेका थिए।दीपाश्री निरौलाले पनि विकास बोर्ड अध्यक्ष सामु राजीनामा बुझाइसकेकी छिन्। बिहीबार आकाश अधिकारीले पनि राजीनामा दिने तयारी गरिरहेका  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell