PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक दोस्रो पटक सर्‍यो, आजै ४ बजेका लागि बोलाइयो



पहिलोपोस्ट

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक दोस्रो पटक सर्‍यो, आजै ४ बजेका लागि बोलाइयो

कैलाली : सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासले मत लिन बोलाइएको प्रदेश सभा बैठक दोस्रो पटक सारिएको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए। तर, उनले गठबन्धनमा सहमति जुटाउन नसक्दा विश्वासको मत लिन सकिरहेका छेनन्।

आज बुधवार दिउँसो १ बजे विश्वासको मत लिने बैठक बोलाइएको थियो। तर, १ बजे पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय नहुँदा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ।

अपराह्न ४ बजे पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधारब बनिसकेको छैन। नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमै रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार नदेखिएको हो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९,  नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन्। 

विश्वासको मतका लागि सुदूरपश्चिममा रावलले २७ मत ल्याउनुपर्ने हुन्छ। नागरिक उन्मुक्तिले मत नदिँदा उनले विश्वासको मत पाउने आधार देखिँदैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell