PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेपालबाट टर्कीएको लागि पठाइयो अत्यावश्यक सामग्री



पहिलोपोस्ट

नेपालबाट टर्कीएको लागि पठाइयो अत्यावश्यक सामग्री
फोटो : विमल बहादुर विष्ट/रासस

काठमाडौं : टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि अत्यावश्यक सामग्री पठाएको छ। उक्त सामग्री टर्कीए एयरका कर्मचारीले रकम सङ्कलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो।

बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले टर्कीएमा ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीए नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्म सहयोग गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell