PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

सुरु भयो सुदूरपश्चिम प्रदेशसभा बैठक : नागरिक उन्मुक्तिको अनुपस्थितीमा मुख्यमन्त्री रावलले पाउँलान् विश्वासको मत?



पहिलोपोस्ट

सुरु भयो सुदूरपश्चिम प्रदेशसभा बैठक : नागरिक उन्मुक्तिको अनुपस्थितीमा मुख्यमन्त्री रावलले पाउँलान् विश्वासको मत?

कैलाली : सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन्।  

आज दिउँसो १ बजे विश्वासको मत लिने बैठक बोलाइएको थियो। तर, १ बजे पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय नहुँदा बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो। बैठक सुरु भए पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार बनिसकेको छैन।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन्।

विश्वासको मतका लागि सुदूरपश्चिममा रावलले २७ मत ल्याउनुपर्ने हुन्छ। नागरिक उन्मुक्तिले मत नदिँदा उनले विश्वासको मत पाउने आधार देखिँदैन। आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु उपस्थित छैनन्। रावलले विश्वासको मत पाउन कांग्रेसको समर्थन चाहिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell