PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

प्रचण्ड-ओलीको भेटपछि रोकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक



पहिलोपोस्ट

प्रचण्ड-ओलीको भेटपछि रोकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटपछि बैठक स्थगित भएको हो।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दुई नेताको भेटपछि आजका लागि बैठक स्थगित भएको बताए। बिहीवार बालुवाटारमा संयन्त्रको बैठक बोलाइएको थियो। राष्ट्रपति निर्वाचनमा सहमति जुटाउन भन्दै बैठक बोलाइएको थियो।

सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबिच राष्ट्रपतिबारे विवाद रहँदै आएको छ। एमालेले आफ्नै पार्टीको उम्मेदवरलाई अघि बढाउनुपर्ने बताएको भए पनि माओवादी केन्द्र राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell