
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन्।
आज रावलले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए। ध्वनी मतका आधारमा भएको मतदानमा प्रस्तुत प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। यससँगै रावल पदमुक्त भएका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन्। विश्वासको मतका लागि सुदूरपश्चिममा रावलले २७ मत ल्याउनुपर्ने थियो। आज नागरिक उन्मुक्तिले मत नदिँदा उनले विश्वासको मत पाउन नसकेका हुन्।
रावल पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरे पछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए। सोही पार्टीले मत नदिँदा उनी पदमुक्त भएका हुन्।