PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

साफ यू २० च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित, बंगलादेशले जित्यो उपाधि



पहिलोपोस्ट

साफ यू २० च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित, बंगलादेशले जित्यो उपाधि
Photo: ANFA

काठमाडौँ: साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ। बंगलादेशको ढाकामा आज सम्पन्न फाइनल खेलमा घरेलु टोलीसँग ३-० गोलको हार ब्यहोर्दै उपाधिबाट विमुख भएको हो।

बंगलादेशको जितमा शाहिदा अक्टर रिपा, शाम सुनाहर र उन्नोती खातुनले गोल गरे।

खेलको ४२ औं मिनेटमा शाहिदाको गोलमा बंगलादेशले अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा शामसुनाहरले गोल फर्काउँदा पहिलो हाफमा बंगलादेश दुई गोलले अघि रह्यो। दोस्रो हाफमा खातुनले अर्को गोल थपिन्। उनले खेलको ८७ औं मिनेटमा गोल थप्दा नेपाल घरेलु टोलीसँग ३-० गोलले पराजित हुँदै उपाधिबाट विमुख भएको हो।

राउण्ड रोबिनको आधारमा भएको खेलमा बंगलादेश विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेका थिए।

फाइनल प्रवेश गर्ने क्रममा बंगलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउँदा भारतसँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै भुटानलाई ५-० गोलअन्तरले हराएको थियो। अर्कोतर्फ बंगलादेशसँग ३-१ गोलको पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले र तेस्रो खेलमा भारतलाई ३-१ गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell