PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

अल नासरको जितमा रोनाल्डोको चार गोल



पहिलोपोस्ट

अल नासरको जितमा रोनाल्डोको चार गोल
Photo: AlNassr/Twitter

साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई हराएको छ। किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४-० गोलअन्तरको जित निकालेको हो।

नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चार गोल गरे। उनले खेलको २१,४०, ५३ र ६१ औं मिनेटमा गोल गरे। योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन्। उनले दुई पटक गरी म्यानचेस्टर युनाइटेडमा १०३ गोल, रियल मड्रिडमा ३११, युभेन्टसमा ८१ र स्पोर्टिङ लिस्बनबाट तीन गोल गरेका थिए।

जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ। नासरको १६ खेलबाट ३७ अंक छ भने १७ खेलबाट ३७ अंक जोडेको अल शाबब दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell