PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

टर्कीए-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, चिसो बढ्दा थपियो समस्या



पहिलोपोस्ट

टर्कीए-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, चिसो बढ्दा थपियो समस्या
Photo : Xinhua

टर्कीए र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। गत सोमवार गएको भूकम्पबाट भएको क्षतिको यकिन तथ्यांक अहिलेसम्म पनि प्राप्त नसकेको बीबीसीले जनाएकको छ। भग्नावशेषमा पुरिएका मानिसको जीवितै उद्धारका लागि उद्धार तथा राहतको काम भइरहेको छ।

भूकम्प गएको १०० घण्टा भन्दा बढी समय बित्दा जाडो बढिरहेको छ। जसकारण विस्थापितहरुलाई थप सकस भएको छ। हजारौं मानिस अहिले खुला आकाशमुनी बस्न बाध्य भएका छन्। उनीहरुसम्म खाद्यान्न र पिउने पानी पुग्न सकेको छैन। चिसोलेे उद्धार टोलीलाई पनि काम गर्न गाह्रो बनाएको छ। 

पछिल्लो तथ्यांक अनुसार टर्कीएमा १७ हजार ६०० जनाको मृत्यु हुँदा सिरियामा ३ हजार ३७७ जनाको मृत्यु भएको छ। सन् १९९९ मा टर्कीएमा नै गएको भूकम्पमा १७ हजार जनाको मृत्यु भएको थियो। टर्कीएका राष्ट्रपति रेसप तैएप एर्डोगानले यसलाई ‘शताब्दी नै विपत्’ भनेर भनेका छन्।

अहिले सिरिया र टर्कीएमा उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदाय जुटेका छन्। संयुक्त राष्ट्रसंघले पनि भूकम्प पीडितको लागि राहतको लागि सक्दो सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले भूकम्प पीडितहरुले राहत नपाए अर्को विपत् आउने चेतावनी पनि दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell