PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना
तस्विर : हेमन्त केसी/ रासस

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। तराईका केही भू-भागमा भने बिहानीपख हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। नियमित बुलेटिनमार्फत दिइएको जानकारी अनुसार देशका बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell