काठमाडौं :आज शुक्रवार सिनेमा हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। ‘मनसँग मन’ र ‘आँधी तुफान २’ एकसाथ रिलिज भएका हुन्।
कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ का निर्माता अरुण तामाङ हुन्। फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानको अभिनय छ।
यो फिल्म सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। नेपालका मल्टिप्लेक्स हलहरुमा यस फिल्मले राम्रै शो पाएको छ।
त्यसैगरि, ‘आँधी तुफान’ २ पनि आजबाट हलमा रिलिज भएको छ। मल्टिप्लेक्स हलहरुले शो नदिएपछि यो फिल्म सिंगल हलहरुमा मात्रै रिलिज भएको हो।
विसं २०६३ सालमा निर्माण भएको फिल्म आँधी तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन्। रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको छ। कोराना महामारीबिच निर्माण गरिएको यस फिल्मले नारी शक्तिको कथा समेटेको छ।
फिल्ममा रवी गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ।