PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

सुदूरपश्चिममा सत्ता गुमेपछि गोकुल बास्कोटालाई लाग्यो प्रदेश अनावश्यक!



पहिलोपोस्ट

सुदूरपश्चिममा सत्ता गुमेपछि गोकुल बास्कोटालाई लाग्यो प्रदेश अनावश्यक!

काठमाडौं : बिहीवार सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सरकार ढल्यो। एमालेका राजेन्द्र सिंह रावलको सरकारलाई विश्वासको मत दिन गठबन्धनमा नै रहेको नागरिक उन्मुक्ति पार्टी नआएपछि एमाले सरकर ढलेको हो। रावलले विश्वासको मत नपाएसँगै उनी पदमुक्त भए र प्रदेश प्रमुख प्रमुख देवराज जोशीले संवैधानिक प्रावधान अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गरे।

नेकपा एमालेका नेताहरु अहिले सुदूरपश्चिममा सत्ता गएको बारेमा चिन्तनमा छन्। सँगै केन्द्रमा पनि गठबन्धनबारे छलफलमा छन्।

यसबिच एमाले नेता गोकुल बास्कोटाले अनावश्यक संचरनाले थिचिरहँदा आफ्नै ज्यान बचाउने गाह्रो भएको प्रतिक्रिया दिएका छन्। सुदूरपश्चिम प्रदेशमा सत्ता गुमेपछि उनले प्रदेशको नाम नलिई सो संरचनालाई अनावश्यक भनेका हुन्।

‘दुवै खुट्टा बुडुवामा फसेको राजनीति त्यसमाथि अनावश्यक संरचनाको गहनाले थिचिरहँदा आफ्नै ज्यान बचाउने पीरले सधैं तनावग्रस्त हुने भो,’ उनले लेखेका छन्।

बास्कोटाले राजनीतिले निकास र विकास दिने कुरा मात्र गरेर नहुने भन्दै थप भने : यो राजनीतिले निकास र बिकास दिने कुरा कता हो कता खिंचडी पनि पकाउन सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell