PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

च्याटजिपिटीलाई टक्कर दिन हतारिँदा अल्फाबेटलाई एकैदिन १०० अर्ब अमेरिकी डलर घाटा



पहिलोपोस्ट

च्याटजिपिटीलाई टक्कर दिन हतारिँदा अल्फाबेटलाई एकैदिन १०० अर्ब अमेरिकी डलर घाटा
Photo : Reuters

अल्फाबेटलाई एकैदिन  १०० अर्ब अमेरिकी डलर घाटा भएको छ। अल्फाबेटले लञ्च गरेको नयाँ च्याटबोट ‘बार्ड’ले आफ्नो प्रोमोसनल भिडियोमा नै गलत जानकारी दिएपछि अल्फाबेटले ठूलो बजार घाटा ब्यहोर्नु परेको हो। 

यसले गर्दा पचास दिनको 'मुभिङ एवरेज'को झण्डै तीन गुणाले नियमित कारोबारमा अल्फाबेटको सेयर ९ प्रतिशतसम्म घट्यो।  रोयटर्सले पहिलो पटक गुगलको सोमबार लञ्च भएको च्याटबोट बार्डको विज्ञापनमा त्रुटि औंल्याएको थियो।

एक माइक्रोसफ्टले लगभग १० अर्ब डलरका साथ समर्थन गरिरहेको स्टार्टअप ओपनएआई गुगुलको लागि ठूलो चुनौतीको रूपमा उभिएको छ। नोभेम्बरमा लञ्च भएको च्याटजिपिटीको कामले उपभोक्ताहरूलाई चकित पारेको छ।

बुधबार बिहान गुगलको लाइभ स्ट्रिम गरिएको प्रस्तुतीकरणले बार्डलाई कसरी र कहिले यसको कोर खोज फिचरमा एकीकृत गर्ने बारे विवरणहरू भने समावेश गरेको थिएन। माउन्टेन भ्यू, क्यालिफोर्नियामा रहेको गुगलले प्रस्तुति गर्नु ठ्याक्कै अघि बार्डको त्रुटि पत्ता लागेको थियो।

‘विगत धेरै वर्षहरूदेखि गुगल एआई इनोभेसनमा लिडरको रूपमा उभिएको थियो। तर यसले सर्च प्रोडक्टमा भने यो प्रविधि लागू गर्नमा असमर्थ देखिन्छ,’ डीए डेभिडसनका वरिष्ठ सफ्टवेयर विश्लेषक गिल लुरियाले भने, ‘च्याटजिपिटीले दिएको कडा प्रतिस्पर्धाका कारण गुगलले सर्चमा पुन: राम्रो गर्न  मंगलबार हतारिदै बार्ड लञ्ज गर्‍यो र डेमोको समयमा गलत जवाफ पोस्ट गर्दा लाजमर्दो गडबड भयो।’

जटिल विषयहरूलाई सरल बनाउन मद्दत गर्ने आश्वासन दिदैँ अल्फाबेटले ट्वीटरमार्फत बार्डको छोटो जीआईएफ भिडियो पोस्ट गरेको थियो। तर बार्डले गलत जवाफ दियो।

विज्ञापनमा, बार्डलाई 'प्रम्प्ट' दिइएको छ: 'जेम्स वेब स्पेस टेलिस्कोप(जेडब्लूएसटी)ले गरेको नयाँ आविष्कारहरूबारेमा म मेरो नौँ वर्षको बच्चालाई के बताउन सक्छु?’ बार्डले धेरै जवाफहरू दिन्छ, जसमा एउटा जेडब्लूएसटीलाई पृथ्वीको सौर्यमण्डल बाहिरको तथा एक्सोप्लानेट्सको ग्रहको पहिलो तस्विरहरू लिन प्रयोग गरिएको थियो। तर एक्सोप्लानेट्सको पहिलो तस्बिरहरू भने सन् २००४मा युरोपेली दक्षिणी अब्जर्भेटरीको भेरि लार्ज टेलिस्कोप (भिटीएल) द्वारा लिइएको थियो, जसलाई नासाद्वारा पुष्टि पनि गरिएको थियो।

‘यसले  परीक्षण प्रक्रियाको महत्त्वलाई हाइलाइट गर्छ, जुन हामीले यस हप्ता हाम्रो विश्वसनीय परीक्षक कार्यक्रमको साथ सुरु गर्दैछौं,’ गुगलका प्रवक्ताले भने, ‘हामी हाम्रो आफ्नै आन्तरिक परीक्षणसँग बाह्य प्रतिक्रियालाई संयोजन गर्नेछौं।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell