PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

अक्षय कुमारसँगको सम्बन्धबारे रविनाले भनिन् : इन्गेजमेन्ट तोडेकै कारण म सधैँ निशानामा पर्छु



पहिलोपोस्ट

अक्षय कुमारसँगको सम्बन्धबारे रविनाले भनिन् : इन्गेजमेन्ट तोडेकै कारण म सधैँ निशानामा पर्छु

बलिउड अभिनेत्री रविना टण्डन प्रोफेसनलका साथै पर्सनल लाइफका कारण चर्चित छिन्। रविनालाई विगतले छाडेको छैन किनकी अहिले पनि उनको नाम अक्षय कुमारसँग जोडिन्छ।

केही दिनअघि रविना एएनआईसँग अन्तर्वाता दिन पुगेकी थिइन्। जहाँ उनले अक्षयसँगको सम्बन्धबारेमा खुलेर जवाफ दिएकी छिन्। रविनालाई पत्रकारले गुगलमा तपाईसँगै अक्षय कुमारको नाम पनि देखिन्छ भनि प्रश्न सोधेका थिए।

जवाफमा रविनाले भनिन्, ‘यस्तो सबैसँग हुन्छ। जब मैले अक्षय कुमारसँग इन्गेजमेन्ट गरेँ, प्रेसमा यसबारे केही नभन्ने हामीबिच सल्लाह भएको थियो। तर, अहिलेसम्म पनि अक्षयसँग मेरो इन्गेजमेन्ट टुटेको बारे मैले प्रश्न सामना गर्नुपरेको छ।’

अक्षयसँग इन्गेजमेन्ट टुटेपछि आफू अर्केसँग डेट गर्न सुरु गरेको उनले दाबी गरिन्। ‘आजपनि मलाई मानिसहरु यस प्रश्न गर्छन् कि म अक्षयकी प्रेमिका वा पार्टनरसँग इर्ष्या गर्छु। तर, यो गलत हो। अक्षयलाई छोड्ने बित्तिकै म अर्को व्यक्तिसँग डेट गर्न थालिसकेकी थिएँ। र, अक्षयले पनि त्यस्तै गरेका थिए। फेरि यो इर्ष्या चाहीँ कहाँबाट आयो?’

फिल्म ‘मोहरा’ को छायाङ्कनको बेला आफूहरु नजिकिएको रविनाले बताइन्। ‘मोहराको सुटिङका ​​क्रममा हाम्रो भेट भएको हो। बिस्तारै हामीहरु नजिक भयौँ र, इन्गेजमेन्ट भयो। आजकल कलेजमा केटीहरू हरेक हप्ता ब्वायफ्रेन्ड चेन्ज गरिरहन्छन्। तर, इन्गेजमेन्ट तोडेको कारण म सधैँ निशानामा पर्छु। हरेक कोही आफ्नो जीवनमा अगाडि बढ्छन्। सम्बन्धविच्छेद गरेर मान्छेहरु अगाडि बढ्छन् भने इन्गेजमेन्ट त के ठूलो कुरा होर!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell