PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

विदेशी मुद्रासहित एक पुरुष समातिए



पहिलोपोस्ट

विदेशी मुद्रासहित एक पुरुष समातिए

काठमाडौं : अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

अमेरिकी डलर ३ हजार ६ सय ४१ र कतारी रियाल १८ हजार ३ सय २४ सहित सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मोहम्मद अब्बास राईनलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको छ।

नेपाल एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त विदेशी मुद्रा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशला पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell