PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

घोडसवारको स्कर्टिङमा राष्ट्रपति शीतलनिवासबाट पुगिन् संसद् भवन



पहिलोपोस्ट

घोडसवारको स्कर्टिङमा राष्ट्रपति शीतलनिवासबाट पुगिन् संसद् भवन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेकी छिन्। शीतल निवासदेखि नयाँ बानेश्वर पुग्दा उनको कारको अगाडि र पछाडिबाट भने घोडसवारहरुले स्कर्टिङ गरेका थिए।

शीतल निवासबाट शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवति, बानेश्वर हुँदै राष्ट्रपतिको सवारी चल्दा उक्त सडकमा चल्ने सवारी साधनहरु केही समय प्रभावित भएका थिए।

राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रवार भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell