PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

संसद्मा राष्ट्रपतिको सम्बोधन सुरु (लाइभ)



पहिलोपोस्ट

संसद्मा राष्ट्रपतिको सम्बोधन सुरु (लाइभ)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेकी छिन्। शीतल निवासदेखि नयाँ बानेश्वर पुग्दा उनको कारको अगाडि र पछाडिबाट भने घोडसवारहरुले स्कर्टिङ गरेका थिए।

नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रवार भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

हेर्नुहोस् लाइभ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell